
एयरबल हेडिंग गर्ने प्रयास गर्दै ।
एजेन्सी-इटालियन सिरी ए अन्तर्गत शनिबार भएको प्रतिस्पर्धामा नापोलीले एटलान्टालाई ४-१ गोलले पराजित गरेको छ । युभेन्ट्ससँगको खेलमा अनुपस्थिति भएपछि तीन अंक गुमाएको नापोलीले एटलान्टामाथि सहज जित निकाल्दै तीन अंक जोड्यो ।
नापोलीले एकपक्षीय नजिता निकाल्ने क्रममा चारै गोल पहिलो हाफमै सम्भव बनाएको थियो । हिर्भिङ लोजानोले दुई गोल गरे । पहिलो हाफको २३ औं मिनेटमा उनले व्यक्तिगत गोल गरेका थिए । दोस्रो गोल पनि उनकै नाममा रह्यो ।
उनले व्यक्तिगत दोस्रो गोल २७ औं मिनेटमा गर्दै अग्रतालाई दोब्बर बनाए । तेस्रो गोल भने माटोओ पोलिटानोले गरे । उनले ३० औं मिनेटमा गोल गर्दै अग्रतालाई तेब्बर बनाए । पहिलो हाफ हुनुभन्दा दुई मिनेट अघि मात्रै भिक्टोर ओसिमहेनले गरेका थिए ।
पहिलो हाफमै चार गोलले पछि परेको अवस्थामा एटलान्टाले दोस्रो हाफमा भने सान्त्वना गोल फर्कायो । ६९ औं मिनेटमा साम लार्मेसले गोल गर्दै एटलान्टाको लागि सान्त्वना बनाए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…