युनाईटेडको फराकिलो जित, आर्सनल सिटीसँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित


गोलगरेपछि खुशी मनाउँदै रासफोर्ड ।

एजेन्सी-म्यानचेष्टर सिटीले आर्सनलमाथि कठिन जित दर्ता गरेको छ । शनिबार राती भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको रहिम इष्र्टलिंङले निर्णायक गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए । रहिमले खेलको २३ औं मिनेट गोल गरेका थिए । जुन गोल तीन अंकको लागि पर्याप्त हुन पुग्यो ।

अर्को खेलमा म्यानचेष्टर युनाईटेडले न्यु क्यासललाई ४-१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्यो । पाँचै गोल युनाईटेडका खेलाडीले गरेका थिए । दोस्रो मिनेटमै लुक शाले आत्मघाती गोलगरेपछि केहीबेर न्यु क्यासलले खुशी मनाउने अवसर पाएको थियो । २३ औंं मिनेटमा ह्यारी मागुइरेले गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याए । ८६ औं मिनेटमा ब्रुनो फर्नाण्डेजले गोल थपेपछि युनाईटेड जित तर्फ उन्मुख हुन पुग्यो ।

युनाईटेडले तेस्रो गोल ९० औं मिनेटमा गर्यो । आरोन वान विकासाले गोल गर्दै अन्तरलाई केही फराकिलो बनाए । खेलको इन्जुरी समयमा मार्कस रासफोर्डले गोल गरेपछि युनाईटेडको फराकिलो जित सम्भव हुन पुग्यो ।