रियल र बार्सिलोना स्तब्ध,एथलेटिकोलाई तीन अंक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित


रियल र काडिजका खेलाडी बलको लागि संघर्ष गर्दै ।

एजेन्सी-स्पेनिस ला लिगामा रियल मड्रिड काडिफसँग स्तब्ध हुदाँ एथलेटिको मड्रिडले भने सेल्टिक भिगोलाई २-० गोलले पराजित गरेको छ ।

आईतबार बिहान भएको खेलमा रियल काडिफसँग १-० गोलले स्तब्ध बन्न पुग्यो । काडिफको लागि निर्णायाक गोल भने एन्थोनी लोजानोले गरेका थिए । उनले १६ औं मिनेटमा गरेको गोल निर्णायक हुदाँ काडिफले तीन अंक जोड्दै शीर्षस्थानको रियलसँग १० अंकसहित बराबरीमा रह्यो ।

उता बार्सिलोना पछि गेटाफेसँग स्तब्ध हुन पुग्यो । पहिलो हाफ गोलरहित टुंगिएको खेलमा दोस्रो हाफमा पाएको पेनाल्टीमा गेटाफेले बार्सिलोनालाई स्तब्ध तुल्यायो । ५६ औं मिनेटमा पाएको पेनाल्टीलाई जेईमी माटाले निर्णायक गोल गरेका थिए ।

सेल्टिक भिगोमाथि २-० गोलले पराजित गर्ने क्रममा पहिलो गोल बार्सिलोनाबाट यसै सिजन फ्रि ट्रान्सफरबाट एथलेटिको छिरेका लुईस स्वारेजले गरेका थिए । स्वारेजले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा अर्को गोल थप्दै एथलेटिको जित सहज बनायो । इन्जुरी समयमा यान्निक कारास्कोले गोल गरेका थिए ।