
नेपाल राष्ट्रिय मुवाँथाई
काठमाडौं-नेपाल राष्ट्रिय मुवाँथाई संघले अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च गठन गरेको छ । प्रफुल श्रेष्ठको अध्यक्षतामा नेपाल–अस्ट्रेलिया मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
श्रेष्ठ मुवाँथाईका पूर्व खेलाडी हुन् । करातेका पूर्व खेलाडी मनीष थापाको अध्यक्षतामा नेपाल–अमेरिका मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । बाँकी पदाधिकारी मनोनयन गर्ने जिम्मेवारी उनीहरुलाई नै दिइएको अध्यक्ष कक्षपतिले जनाएका छन् ।
विभिन्न देशमा मुवाँथाईको विकास र विस्तार गर्ने उद्देश्यले सम्पर्क मञ्च गठन गरिएको बताइएको छ । अन्य राष्ट्रमा पनि क्रमैसंग सम्पर्क मञ्च गठन गरिने अध्यक्ष कक्षपतिले जानकारी गराए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…