
help news
काठमाडौ- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो ।
कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
सीताको प्रशिक्षणका दौरान घुडामा चोट लागेको थियो । डा. सरोज राईको नेतृत्वमा उनको शल्यक्रिया पनि भइसकेको छ । सीतालाई आइतबार डिस्चार्ज पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…