
एयरमा क्याच गर्दै ।
अबुधावी-अबुधावीको जायद क्रिकेट मैदानमा आईतबार आईपिएलमा कोलकोत्ताले सनराईजलाई मध्यम लक्ष्य दिएको छ । सुभम गिल र राहुल त्रिपाठीले पहिलो विकेटको लागि ४८ रनको साझेदारीमा टुटेपछि कोलकत्ताले ५ विकेटको क्षतिमा १६४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर व्याटिंगमा उत्रिएको कोलकोत्ताले पहिलो विकेटको रुपमा राहुल त्रिपाठीलाई २३ रनमै गुमाएको कोलकोत्ताले सुभम गिल पनि ३६ रनबाट अघि बढ्न सकेनन् । आन्द्रे रसेलको यो खेलमा पनि प्रभावकारी देखिएनन् ।
उनले केवल ९ रनमै क्रिज छाडेर प्लेयर बक्समा आरामको लागि आईपुगे । नीतिश रानाले पनि २९ रन बनाई खेल्ने क्रममा विजय शंकरको बलमा क्याच आउट हुन पुगे । चार ओभरमा सबैभन्दा बढी डट बल विजय शंकरको नाममा रह्यो । उनको चार ओभरमा १३ बल डट हुन पुग्यो ।
ईओइन मोर्गानले ३४ रनको योगदान दिए । दिनेश कार्तिकले २९ रन बनाए । मोर्गानले नटआउट ३४ रनको योगदान दिने क्रममा २३ बल खेल्दै तीन चौका र १ छक्का हिर्काए । कार्तिकले २९ रन बनाउने क्रममा १४ बल खेल्दै २ चौका र २ छक्का हिर्काएका थिए । टी नतराजनले दुई विकेट लिएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…