कोलकोत्ता सुपरओभरमा भाग्यमानी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित


सुपर ओभरमा पराजित भएपछि निराश मुद्रामा सनराईजका खेलाडी ।

अबुधावी-सुपर ओभरमा कोलकोत्ता नाईट राईडर्सले सनराईज हैदराबादलाई पराजित गरेको छ । ३ रनको लक्ष्य पाएको कोलकोत्ताले दिनेश कार्तिक र इओईन मोर्गानमा क्रिजमा थिए । कार्तिकले दुई रन लेगबाई मार्फत लिएपछि कोलकोत्ता सुपर ओभरमा भाग्यमानी बन्यो ।

सुपर ओभरमा कोलकोत्ताका लोकी फर्गुसनको बलिंग निकै घातक बन्यो । फर्गुसनको पहिलो वलमै सनराईजका कप्तान डेविड वार्नर आउट हुन पुगे । तीन बलमा दुई विकेट गुमायो । केवल दुई रन मात्रै जोडियो । लोकी फर्गुसनले सुपर ओभरमा दुई विकेट लिदैं दुई रन मात्रै खर्चिए ।

सनराईजका लागि सुपर ओभर फाल्न रसिद खानले बलिंगमा उत्रिए । तीन बलमा दुई डट फालेर केवल एक रन दिई दबाव सृजना गरेका थिए । चौथो बलमा दुई लेगबाई मार्फत रन जोडिएपछि कोलकोत्ताले सनसनीपूर्ण जित निकाल्न सफल भएको हो ।

निर्धारित २० ओभरमा चौथो नम्बरमा ओर्लिएर व्याटिंग गरेको सनराईजका कप्तान डेविड वार्नरको महत्पूर्ण इनिंग्समा कोलकोत्तासँग टाई खेल्दै सुपरओभरको खेलमा भने नजितामा कोलकोत्तालाई सुम्पियो ।

जोनी बेरिष्टोसँगको ओपनर जोडी टुटाउँदै चौथो नम्बरमा आएर इनिंग सम्हालेका वार्नरले ४७ रन नटआउट हिर्काउँदै जितसम्म डोहोर्याएपनि अन्तत खेल टाई हुन पुग्यो ।अन्तिम दुई ओभरमा ३० रनको खाँचो थियो । १९ औं ओभरमा १२ रन बनायो । अन्तिम ओभरमा जितको लागि १८ रन चाहिएको थियो । बेरिष्टोले ओपनिंग गर्दै ३६ रनको योगदान दिए । ७ चौका व्याटबाट निस्किएको थियो । केन विलियम्सनले पनि २९ रन बनाउँदै आउट हुदाँ योगफलमा योगदान दिने काम गरे । १९ बल खेल्ने क्रममा ४ चौका र १ छक्का स्कोरबोर्डमा चढ्यो ।

अब्दुल सामदले कप्तान वार्नरसँग साझेदारी गर्दै टुग्याउने देखिएको थियो । तर अन्तिम ओभर शुरुभन्दा एक बलअघि नै उनी २३ रनमा आउट हुन पुगे । वार्नरले अन्द्रे रसेलको बलमा व्याक टु व्याक तीन चौका हिर्काएपछि जितको सम्भव देखिएको थियो । अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा वार्नरले रसेलको बलमा एक रन जोड्दै ६ विकेटको क्षतिमा १६३ रन बनाएपछि खेल टाई हुन पुग्यो ।

अबुधावीको जायद क्रिकेट मैदानमा आईतबार आईपिएलमा कोलकोत्ताले सनराईजलाई मध्यम लक्ष्य दिएको थियो । सुभम गिल र राहुल त्रिपाठीले पहिलो विकेटको लागि ४८ रनको साझेदारीमा टुटेपछि कोलकत्ताले ५ विकेटको क्षतिमा १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर व्याटिंगमा उत्रिएको कोलकोत्ताले पहिलो विकेटको रुपमा राहुल त्रिपाठीलाई २३ रनमै गुमाएको कोलकोत्ताले सुभम गिल पनि ३६ रनबाट अघि बढ्न सकेनन् । आन्द्रे रसेलको यो खेलमा पनि प्रभावकारी देखिएनन् । उनले केवल ९ रनमै क्रिज छाडेर प्लेयर बक्समा आरामको लागि आईपुगे । नीतिश रानाले पनि २९ रन बनाई खेल्ने क्रममा विजय शंकरको बलमा क्याच आउट हुन पुगे । चार ओभरमा सबैभन्दा बढी डट बल विजय शंकरको नाममा रह्यो । उनको चार ओभरमा १३ बल डट हुन पुग्यो ।

ईओइन मोर्गानले ३४ रनको योगदान दिए । दिनेश कार्तिकले २९ रन बनाए । मोर्गानले नटआउट ३४ रनको योगदान दिने क्रममा २३ बल खेल्दै तीन चौका र १ छक्का हिर्काए । कार्तिकले २९ रन बनाउने क्रममा १४ बल खेल्दै २ चौका र २ छक्का हिर्काएका थिए । टी नतराजनले दुई विकेट लिएका थिए ।