
पेनाल्टी प्रहार गर्दै सेफिल्डका विली सार्प ।
एजेन्सी-अन्तिम समयमा दश खेलाडीमा सीमित भएको ब्रिङटनले अन्तिम समयमै कमब्याक गर्दै क्रिष्टल प्यालेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत आईतबार राती भएको प्रतिस्पर्धामा प्यालेसले पहिलो हाफमा गोल गर्दै जित तर्फ उन्मुख भएपनि अन्तिम समयमा सम्हालिन नसक्दा दुई अंक गुमाउँदै एक अंकमा सीमित हुन पुग्यो ।
विल्फ्रेड जाहाले १९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै दिलाएको अग्रता खेलको अन्तिम मिनेटमा जितको खुशी मनाउने क्षणमा क्रिष्टल प्यालेस निराश हुन पुग्यो । ९० औं मिनेटमा एलिक्स म्याक एलिष्टरले गोल गरेपछि ब्रिङटन सम्भावित हारबाट जोगिएको थियो । इन्जुरी समयमा लुईस डंकले रातो कार्ड खाँदै मैदान बाहिरिए ।
यसैगरी सेफिल्ड युनाईटेड र फुलह्याम बीचको खेल एक एक गोलको बराबरीमा टुंगिएको छ । पहिलो हाफ दुवै तर्फबाट गोल हुन सकेन् । दुवै टोलीले दोस्रो हाफमै गोल गरेका थिए । ७७ औं मिनेटमा फुलह्यामका एडेमोला लुकामनले गोल गर्दै अग्रता दिलाएका थिए । तर ८५ औं मिनेटमा सेफिल्डले प्राप्त पेनाल्टी मार्फत बराबरी गोल फर्कायो । विली सार्पले गोल गर्दै हारबाट जोगाए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…