
सुपर ओभरमा जित निकालेपछि खुशी हुदैं पन्जाबका खेलाडी तथा पदाधिकारी ।
दुबई(एजेन्सी)-भारतीय फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल)को इतिहासमा गएराती दुई खेलको नतिजा तीन सुपर ओभरमा टुंगियो । पहिलो सनराईज हैदरावाद र कोलकोत्ता नाईट राइर्डस बीचको खेल टाई हुदैं सुपर ओभरमा हारजितको टुंगो लगाइएको थियो ।
सुपर ओभरमा कोलकोत्ताले सनराईजलाई पराजित गर्यो । अर्को खेलमा मुम्बई इण्डियन्स र किंग्स इलाभेन पन्जाब बीचको खेल पनि टाई हुदैं सुपरओभरमा पुग्यो । मुम्बई र पन्जाबको पहिलो सुपर ओभर समेत टाई हुदाँ नजिता दोस्रो सुपर ओभरमा निर्णय भएको थियो ।
मुम्बई र पन्जाबले समान ६ विकेटको क्षतिमा दुवैले १७६ रन बनाएपछि खेल टाई भएको थियो । मुम्बईका लागि क्विन्टन डि ककले अर्धशतकीय पारी खेल्दै महत्वपूर्ण योगफल तयार भएको थियो । उनले ५३ रनको योगदानमा मुम्बईले १७६ रन बनाएको थियो । उता पन्जाबले पनि केएल राहुलको ७७ रनको ठोस इनिंग्समा १७६ रनमै ओभर टुग्याँउदा खेलको नजिता सुपर ओभरमा पुग्यो ।
सुपर ओभरमा मुम्बईका बलर जसप्रित बुमराहले बलिंग गर्दै एक ओभरमा केवल ५ रन मात्रै दिए । व्याटिंगमा केएल राहुल र केईरन पोलार्ड थिए । मुम्बईले ६ रनको जित लक्ष्य लिएर सुपर ओभरमा उत्रियो । तर कप्तान रोहित शर्मा र डि ककले ५ रन मात्रै बनाउन सके । निर्णय फेरी अर्को सुपर ओभरमा टुग्याउनुपर्ने भयो ।
दोस्रो सुपर ओभरमा मुम्बईले पहिले व्याटिंगमा उत्रियो । मुम्बईका हार्दिक पाण्ड्या र पोलार्ड क्रिजमा थिए । पन्जाबका बलर थिए क्रिज जोर्डन थिए । पहिलो बलमा पोलार्डले १ रन मात्रै लिए । दोस्रो बलमा पाण्ड्याले पनि एक रनमै चिक्त बुझाए । तेस्रो बलमा पोलार्डले चौका हिर्काए । वाईड हुन पुग्यो ।
चौथो बलमा दुई रन जोडियो । पाँचौ बलमा पाण्ड्या रन आउट हुदाँ एक रन खातामा चढिसकेको थियो । छक्काको लागि हिर्काएको बल बाउण्ड्रीमा रोक्दै केवल दुई रन मात्रै दिएपछि मुम्बईले ११ रन बनाएको थियो ।
१२ रनको लक्ष्य लिएको पन्जाबको लागि क्रिस गेल र मायांक अग्रवाल क्रिजमा आए । मुम्बईका बलर ट्रेन्ट बोल्टले फुल टस दिएपछि गेलले ६ छक्का हिर्काए । पाँच बलमा ६ रनको खाँचो पर्यो । सर्टलेन्थमा आएको बलमा गेलले केवल १ रन मात्रै जोडे ।
४ बलमा ५ रन चाहियो । तेस्रो बलमा मायांकले चौका प्रहार गर्दै जितको सम्भावना देखाए । मायांकले चौथो बलमा फेरी चौका प्रहार गर्दै पन्जाबलाई दोस्रो सुपर ओभरमा जित निकाले ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…