आज मध्यरातमा पिएसजी र युनाईटेड भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित


म्यानचेष्टर युनाईटेडका मार्कस रासफोर्ड र पिएसजीका किलियन एमबाप्पे ।


एजेन्सी-आज रातीबाट शुरु हुने युईएफए च्याम्पियन्स लिगको समूह चरणका खेलको अन्तर्गत मध्यरात(बुधबार विहान) इंग्लिस क्लक म्यानचेष्टर युनाईटेडले फ्रान्सेली लिगवान च्याम्पियन पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग प्रतिस्पर्धा गर्दै छन् ।

दुवैको प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । गत सिजनको होम एण्ड अवेमा दुवैले एक एक जित हात पारेका थिए । तर अवे गोलमा पिएसजी दोस्रो चरणमा उक्लिएको थियो ।

पिएसजी गतसिजनको च्याम्पियन्स लिगको उपविजेता हो । गत सिजनमा युनाईटेडसँग पिएसजी पहिलो लेगमा ३-१ गोलले पराजित भएको थियो । दोस्रो लेगमा भने पिएसजीसँग २-०ले पराजित भएको थियो ।

च्याम्पियन्स लिगको पहिलो खेलमा जित आत्मसात गर्ने दुवैको दाउ छ । यद्यपी एमबाप्पे, नेयमार लगायतलाई रोक्ने चुनौति युनाईटेडलाई छ । युनाईटेडले भने भर्खरै पिएसजीबाट भित्र्याएको एडिसन काभानीलाई भने मैदानमा उतार्ने सम्भावना कम छ ।