युनाईटेडसँग पिएसजी पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित


पिएसजी विरुद्ध निर्णायक गोलगरेपछि खुशी हुदैं रासफोर्ड ।

एजेन्सी-युईएफ च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर क्लब म्यानचेष्टर युनाईटेडले फ्रान्सेली लिगवान विजेता पेरिस सेन्ट जर्मेन विरुद्ध गएराती जितसँगै च्याम्पियन्स लिग शुरुवात गरेको छ ।

पेनाल्टीबाट अग्रता लिएको युनाईटेडले आत्मघाती गोलसँगै बराबरीमा सामना गर्दै दबावमा परेको थियो । गत सिजनमा दोस्रो खेलमा भने पेरिस सेन्ट जर्मेनले युनाईटेडलाई ३-१ गोलले पराजित गरेको थियो ।

पहिलो गोल २३ औं मिनेटमा सम्भव भयो । एन्थोनी मार्सललाई पेनाल्टी बक्सभित्र लडाएपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो । पिएसजीका एबडाओ डियालोको फउल हिर्काएपछि पाएको पेनाल्टीलाई ब्रुनो फर्नाण्डेजले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक गोलले अग्रता लिएको युनाईटेड खेलको ५५ औं मिनेटमा अभागी बन्यो । उनै मार्सलले युनाईटेडकै पोष्टमा आत्मघाती गोलको उपहार दिएपछि पिएसजीले बराबरीको अवसर पायो । आत्मघाती गोलबाट बराबरीमा ल्याएको पिएसजीले उत्कृष्ट लय भने दोहोरिन सकेन् ।

खेलको ८७ औ मिनेटमा पाउल पोग्बाको उत्कृष्ट पासमा मार्कस रासफोर्डले गोल गर्दै युनाईटेडलाई जितको हकदार बनाए । गत सिजनमा पनि पहिलो लेगमा युनाईटेडले पिएसजीलाई २-० गोलले पराजित गरेको थियो ।