
बल नियन्त्रणमा लिदैं कटाउने प्रयासमा मेस्सी ।
एजेन्सी-गएराती भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई फराकिलो गोल अन्तरले पराजित गर्ने क्रममा दश खेलाडीमा समेटिन पुग्यो । फेरेन्कभारोसलाई ५-१ गोलले पराजित गरेर दोस्रो चरणको यात्रालाई सहज बनाउने प्रयासमा रहँदा जेरार्ड पिके भने रातो कार्ड खाँदै बाहिरिन पुगे ।
स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लबलाई शुरुवातदेखि नै दबावमा राख्यो । लियोनेल मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा फेरेन्कभारोसले पेनाल्टी मार्फत नै गोल फर्काउँदै सान्त्वन लियो । २७ औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै दिलाएको अग्रताले उर्जाशिल बनेको बार्सिलोनाले थप आक्रमक बन्दै अन्तु फातीले ४२ औं मिनेटमा अर्को गोल थपे ।
पहिलो हाफमा २-० ले अग्रता लिएको बार्सिलोनाले अग्रता बढाउने क्रममा फिलिप कान्टिन्होले ५२ औं मिनेटमा गोल गरेका थिए । पेड्रीले ८२ औं मिनेटमा गोल गर्दै खेललाई फराकिलो बनाउने प्रयासमा जुटे ।
७० औं मिनेटमा फेरेन्कभारोसले पाएको पेनाल्टीलाई आईहोर खारातिनले गोल गरे । बार्सिलोनाले पेनाल्टी गोलको सामना गर्नु अघि जेरार्ड पिकेले रातो कार्ड खाँदै बाहिरिन पुगे । ६८ मिनेटमा दश खेलाडीमा सीमित बार्सिलोनाले अन्तिम गोल ८९ औं मिनेटमा सम्भव बनायो । ओसामाने डेम्बेलेको गोल बार्सिलोनाको लागि अन्तिम हुन पुग्यो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…