च्याम्पियन्स लिग,युभेन्ट्स र लाजियोको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित


हेडिङ गर्ने प्रयास गर्दै युभेन्ट्सका खेलाडी ।

एजेन्सी-अल्भारो मोराटाको महत्वपूर्ण दुई गोलमा इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिगमा विजयी शुरुवात गर्ने क्रममा डाइनामो किभलाई २-० गोलले पराजित गरेको छ । मोराटाले दुवै गोल दोस्रो हाफमा गरेका थिए ।

खेलको ४६ औ मिनेटमा पहिलो गोल गरेका मोराटाले दोस्रो गोल ८४ औं मिनेटमा गर्दै जित सुनिश्चित बनाएका थिए । कोरोना संक्रमणबाट आईसोलेसनमा बसेको क्रिष्टियानो रोनाल्डोको अनुपस्थितिमा युभेन्ट्सका लागि मोराटाले प्रभावशाली खेल प्रदर्शन गरे ।

यसैगरी अर्को खेलमा इटालियन क्लब लाजियोले स्पेनिस क्लब बोरुसिया डर्टमण्डलाई ३-१ गोलले पराजित गरेको छ । गएराती भएको च्याम्पियन्स लिगको समूहगत पहिलो चरणको खेलमा लाजियोले सिरो इम्मोवाइलको छैटौ मिनेटमा गोलसँगै अग्रता लिएको थियो ।

दोस्रो गोल उपहार प्राप्त हुन पुग्यो । लाजियोलाई उपहार गोल भने मार्विन हेट्जले २३ औं मिनेटमा दिए । आत्मघाती गोलसँगै लाजियोले अग्रता दोब्बर बनाउन पुग्यो । ७६ औं मिनेटमा जिन डानियल अक्पा अक्प्रोले गोल गरेका थिए । डर्टमण्डका लागि अर्लिङले ७१ औं मिनेटमा गोल फर्काएपनि बराबरीको अवसरबाट धेरै टाढा रह्यो ।