
रोमाञ्चक भिडन्तको पखाईमा वार्यन भर्सेज एथ्लेटिको मड्रिड ।
एजेन्सी-आज मध्यराती युईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्यन म्युनिखले स्पेनिस क्लब एथलेटिको मड्रिडसँग खेल्ने छ । दुवैले जितसँगे शुरुवात गर्ने योजनामा छन् । सन २०१६ मा दुवैको भेट चार पटक भएको थियो ।
चारवर्षपछि फेरी उनीहरु दुवै आमने सामने हुदैै छ । चार पटकको भेटमा दुवैले समान २(२ पटक जित निकालेको तथ्यांक छ । पछिल्लो समय वार्यन लयमा देखिएको छ । यद्यपी एथलेटिको पनि उस्तै प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।
एथलेटिकोमा भर्खरै मात्र बार्सिलोनाबाट गएको लुईस स्वारेजले महत्वपपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बुन्डेसा लिगामा आफनो छवि छोड्दै आएको वार्यनका लागि रोवर्ट लेवान्ड्स्कीको प्रदर्शन अझ उत्कृष्ट हुने विश्वास गरिएको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…