च्याम्पियन्स लिग, रियल शख्तरसँग नतमष्तक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित


बल नियन्त्रण गर्ने प्रयासमा रियल र शख्तरका खेलाडी ।

एजेन्सी-युईएफए च्याम्पियन्स कप बुधबार राती भएको खेलमा स्पेनिस जायन्ट रियल मड्रिड शख्तर डोनेट्स्कसँग पराजित हुन पुगेको छ । शख्तरसँग ३-२ गोलले पराजित भएपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले रियलको लागि निकै खराब समय र रात भएको उल्लेख गरे छ ।

पहिलो हाफमै तीन गोल खाएको रियलले दोस्रो हाफमा कमब्याकको प्रयास गर्यो । पहिलो हाफमै भरपर्दा खेलाडी राफल भरानेले आत्मघाती गोल गरेपछि रियलको च्याम्पियन्स लिगको पहिलो खेल जितविहीनमा रोकियो ।

बल माथिको नियन्त्रण रियलको देखिएपनि स्कोर भने शख्तरले निकाल्यो । माटिएस टेटेले २९ औं मिनेटमा शख्तरको लागि पहिलो गोल गर्दै अग्रता दिलाए । ३३ औं मिनेटमा भरानेले आफनै रियलकै पोष्टमा आत्मघाती गोल गरेपछि शख्तरले अग्रतालाई दोब्बर बनायो । तेस्रो गोल भने ४२ औं मिनेटमा मनोर सोलोमनले गोल गर्दै रियलमाथि पहिलो हाफमै ३-०को अग्रता कायम गर्यो ।

रियलमा फर्किने संकेत ५४ औं मिनेटमा देखायो । लुका मर्डिचको गोलसँगै रियलले गोल अन्तर छोट्याउँदै कमब्याक गर्ने सम्भावनालाई जिवितै राख्यो । ५९ औं मिनेटमा भिनियस जुनियरले गोल गरेपछि रियलको आशा जागेको थियो । तर थप गोल गर्न नसक्दा रियल हारबाट जोगिन सकेन् ।