ईंग्लिस प्रिमियर क्लबको शतप्रतिशत नजिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित


रहिम स्टेरलिङ बलको लागि संघर्ष गर्दै ।

एजेन्सी-युईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस प्रिमियर लिगका दुई क्लबले जित निकालेको छन् । म्यानचेष्टर सिटी र लिभरपुलले आफना प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रो चरणको यात्रा सहज बनाउन उद्दत छन् ।

बुधबार राती भएको प्रतिस्पर्धामा सिटीले पोर्टो फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्यो । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले महत्वपूर्ण जित निकाल्यो । घरेलु मैदानमा सिटी १४ औं मिनेटमै पछि परेको थियो । बेनिफिका खेलाडी लुईज डियाजको गोलसँगै पोर्टोले अग्रता लिएको थियो ।

पोर्टोको अग्रता धेरैबेरसम्म कायम भने हुन सकेन् । २० औं मिनेटमा पाएको पेनाल्टी मार्फत सिटी खेलमा फर्कियो । सर्जियो अगुईरोले पेनाल्टीमा गोल गर्दै २० औं मिनेटमा सिटी बराबरीमा आएको थियो । रहिम स्टेरलिङलाई पोर्टोका डिफेण्डर पेपेले लडाएपछि पाएको पेनाल्टीमा सिटीका लागि अगुईरोले गोल गरेका थिए ।

सिटीले दोस्रो गोल गर्न दोस्रो हाफ नै कुर्नुपर्यो । ६५ औं मिनेटमा इके गुण्डोगनले फ्रिकिक मार्फत गोल गरेका थिए । फ्रिकिक बल निकै कर्भ(घुमेर) गएको थियो । अग्रता लिएसँगै उत्साहित बनेको सिटीले अर्को गोल भने फेरान टोरेसले गोल गरे । ७३ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका टोरेसले गोल गर्दै ३(१ गोलको जित सम्भव बनाए । टोरेस फिल फोडेनको स्थानमा मैदान छिरेका थिए ।

उता साविक च्याम्पियन्स लिग विजेता लिभरपुलले अजाक्समाथि १-० गोलले पराजित गर्दै पहिलो खेल जितबाटै शुरु गर्यो । आफना भरपर्दा खेलाडी भर्जिल भान डिकको अनुपस्थितिमा पनि लिभरपुलले जित आत्मसात गरेको हो ।

लिभरपुलको जितमा उपहार गोल निर्णायक बन्यो । अजाक्स अभागी बन्यो । ३५ औं मिनेटमा निकोलस ताग्लिफिकोले आत्मघाती गोल गरेपछि अजाक्स हार टार्न बराबरी गोल गर्न असमर्थ देखियो । लिभरपुलले ६० औं मिनेटमा एकैसाथ तीन खेलाडीलाई आराम दियो । सादियो माने, मोहम्मद सलाह र रोबर्टो फिरमिनोलाई बेन्चमा ल्याउँदै तीन खेलाडीलाई मैदान पठाएको थियो । उनीहरुको ठाँउमा डियागो जोटा, ताकुमी मिनामिनो र जार्डन साक्विरीलाई मैदान पठाएको थियो ।