
गोलगरेपछि खुशी मनाउँदै वार्यन म्युनिखका खेलाडीहरु ।
एजेन्सी-च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसँग एटलेटिको मड्रिडको लज्जास्पद हार व्यहोरेको छ । माथि सहज जित दर्ता गरेको छ । बायर्नले एट्लेटिकोलाई ४–० ले पराजित गरेको हो । वार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकालेको हो ।
विङ्गर किंग्सले कोम्यानले उत्कृष्ट प्रदर्शनलाई दोहोर्याए । उनले गत अगष्टमा लिस्वोनमा समेत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०विरुद्ध फाइनल खेलमा विजयी गोल गर्दै उपाधि दिलाएका थिए ।
मिडफिल्डर लियोन गोत्र्जका र कोरेन्टिन टोलीसोले समेत बार्यनका लागि एक एक गोल थपेपछि वार्यनले एथलेटिको मड्रिड माथि फराकिलो जित दर्ता सफल भयो । रियल मड्रिड र एसी मिलानले मात्र च्याम्पियन्स लिगमा उपाधि रक्षा गरेका छन् । यस सिजन बायर्नलाई उपाधि रक्षा गर्न सक्ने टोलीको रुपमा हेरिएको छ ।
समूह एको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अर्को खेलमा इन्टर मिलानले बोरुसिया मोन्चेङलाबाचलसँग २-२गोलको बराबरी खेल्न पुग्यो । रोमेलु लुकाकले अन्तिम मिनेटमा गोल गर्दै बराबरी गरेका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…