
निर्णायक गोल गरेपछि पियरेक खुशी साट्दै ।
एजेन्सी-युईएफए युरोपा लिगा अन्तर्गत आर्सनलले र्यापिड भियनालाई २-१ गोलले पराजित गरेको छ । गएराती भएको खेलमा आर्सनलले पुनरागमन जित निकाल्न सफल भएको हो ।
दुवै टिमबाट गोल भने दोस्रो हाफमा मात्रै सम्भब भएको थियो । ५१ औं मिनेटमा र्यापिडले गोल गर्दै दिलाएको अग्रतालाई आर्सनलले कमब्याक गर्दै जित आत्मसात गरेको हो ।
टाक्सिर्याचिस फाउन्टसले र्यापिडको लागि ५१ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । तर आर्सनलले खेलमा फर्किन भने झण्डै २० मिनेट कुर्नुपर्यो ।
भरपर्दा डिफेन्स डेविज लुईसले गोल गर्दै आर्सनललाई ७० औं मिनेटमा बराबरीमा ल्याईपुर्याएका थिए । पियरेक इमरेक अबुमायंगले त्यसको चारमिनेट पछि गोल गर्दै जित सुनिश्चित बनाए ।
आर्सनलले युरोपा लिगबाटै थोमस पार्टेलाई डेब्यु गराए । लामो समयपछि उनले इंग्लिस क्लबबाट आफनो डेब्यु खेल खेल्दै नजितामा सन्तुष्टि जनाए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…