
खेल सकिएपछि हात मिलाउँदै राजस्था र सनराईजका खेलाडीहरु ।
दुबई(एजेन्सी)-सनराईज हैदरावाद राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै आईपिएलको प्ले अफको सम्भावनालाई जिवितै राखेको छ । यद्यपी सनराईज ८ अंकसहित अंक तालिकामा पाँचौ स्थानमा छ । राजस्थान रोयल्सले दिएको १५४ लक्ष्यलाई सनराईजले २ विकेटको क्षतिमा १५६ रन बनाउँदै पुरा गर्यो । जितले प्ले अफ सम्भावनाको रहेको छ । अब केवल चार चरणका खेलहरु बाँकी छन् ।
गएराती भएको प्रतिस्पर्धामा मनिष पाण्डे र विजय शंकरले नटआउट क्रमश ८३ र ५२ रन बनाएपछि सनराईजले सम्भावित जितलाई सहज बनाएको थियो । पाण्डेले अविजित ८३ रन हिर्काउने क्रममा ४७ बल खेल्ने ४ चौका र ८ छक्का हिर्काउँदै जितको आधार तयार पारेका थिए । शंकरले ५१ बल खेल्ने क्रममा केवल ६ चौका मात्रै हाने ।
कप्तान डेविन वार्नर र जोनी बेरिष्टोलाई सस्तैमा गुमाएपछि इनिंग सम्हाल्ने जिम्मेवारी पाण्डे र शंकरको काँधमा थियो । उनीहरुको जोडीले जितको लक्ष्य पुरा गरिदिए । वार्नर ४ रनमा पभेलियन फर्किदाँ बेरिष्टोले पनि १० रन भन्दा माथि बनाउन सकेनन् ।
राजस्थानले सन्जु सामसन र बेन स्टोक्सको ३६ र ३० रनको योगदानमा १५४ रनको योगफल तयार पारेको थियो । ओपनर रविन उथप्पाले १९ रन बनाई आउट भए । बेन स्टोक्सले व्यक्तिगत ३० रनमा पभेलियन फर्किएपछि सन्जु सामसन क्रिजमा टिकिरहनुपर्ने देखियो ।
तर उनी पनि ३६ रनमै आउट भएपछि राजस्थानले मध्यम लक्ष्य दिने तर्फ उन्मुख हुदैं गएको थियो । स्टेभ स्थितले १९ र रियान परागले २० रन बनाए । जोफ्रा आर्चरले पनि १६ रनमा अविजित रहे । जासन होल्डरले ३३ रन खर्चिएर ३ विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…