टोटनह्यामको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित


माउराले गोल गरेपछि खुशी साट्दै

एजेन्सी-युईएफए युरोपा लिगा अन्तर्गत टोटनह्यामले लास्क लिन्जलाई ३-० गोलले पराजित गरेको छ । गएराती भएको प्रतिस्पर्धामा टोटनह्यामले समूहगत प्रतिस्पर्धामा सहज जित निकाल्यो ।

लुकास मउराले खेलको १८ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । अर्को गोल उपहार आउँदा टोटनह्यामलाई जितको लागि अझ सजिलो भईदियो ।

२७ औं मिनेटमा आन्द्रे अन्ड्रेडले आत्मघाती गोल गरेपछि पहिलो हाफमै टोटनह्यामले २-० गोलको अग्रता लिन पुग्यो ।

खेलको अन्तिम मिनेततिर आईपुग्दा कोरियन खेलाडी सन ह्युङ मिनले गोल गरे । उनले ८४ औं मिनेटमा गोल गरेपछि टोटनह्यामले फराकिलो गोल अन्तरको जित सुनिश्चित गर्यो ।