
मुम्बई विरुद्ध व्याटिंग गर्दै साम कुरुन ।
एजेन्सी-चेन्नई सुपरकिंग्स आईपिएलको प्ले सम्भावना कम देखिएको छ । प्ले अफमा रहन पनि चेन्नईलाई आजको खेल जित्नै पर्ने छ । सारजहास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आईपिएल अन्तर्गत ४१ औं खेलमा मुम्बई इण्डियन्सका बलरले चेन्नईका व्याट्सम्यानलाई सस्तैमा पभेलियनको बाटो देखाए । एकपछि अर्को गरी क्रिजमा टिक्नै नसकेपछि मुम्बईले जितको लागि केवल ११५ रनको चुनौति पाएको थियो ।
कप्तान महेन्द्रसिंह धोनीले मात्रै दोहोरो अंकको रन बनाउने क्रममा १६ रन बनाए । उनीभन्दा अघिका व्याट्सम्यान भने सस्तैमा आउट भएपछि दबावमा रहेको चेन्नईलाई धोनीले सम्हाल्ने सम्भावना देखिएको थियो । यद्यपी उनी पनि राहुच चाहरको बलमा आउट भएपछि चेन्नई सस्तैमा समेटिएको हो ।
मुम्बईका बलर ट्रेन्ट बोल्टले रुतुराज गाइकवाडलाई शून्य रनमै एलबीडब्लुको धरापमा पारे । फाफडु फ्लेसिस पनि उनकै बलमा क्विन्टन डिककको हातबाट पभेलियनको बाटो समाए । अम्बाती रायादु जसप्रित बुमराहको बलमा आउट भए । नारायण जगदिशन पनि शून्य रनमै बुमराहकै बलमा आउट हुदैं क्रिज छाडे । ३ ओभर चल्दै गर्दा चेन्नई चार विकेट गुमाईसकेको थियो । रविन्द्र जडेजा पनि बोल्टकै बलमा आउट भएपछि चेन्नई निकै धरासायी अवस्थाबाट माथि उठ्ने प्रयासमा थियो ।
निकै कमजोरस्थितिबाट चेन्नईलाई केही माथि उठाए साम कुरुनले । अर्धशतकीय पारी खेले । ५२ रन बनाए । चार चौका र दुई छक्का हिर्काए । ४६ बल खेले । सार्दुल ठाकुरले पनि ११ रन बनाए । इमरान ताहिरले पनि १३ रन बनाए । दुई चौका उनको व्याटबाट निस्कियो । अर्धशतकीय पारी खेलेका कुरुनलाई अन्तिम ओभरको अन्तिम बलमा टे्रन्ट बोल्टले आउट गरेपछि चेन्नई ९ विकेटको क्षतिमा ११४ रनमा समेटिन पुग्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…