लिड्सको जितमा बामफोर्डको ह्याट्रिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


लिड्सका स्ट्राईकर बामफोर्ड गोल गर्ने प्रयासमा ।

एजेन्सी-इंग्लिस प्रिमियर लिग अन्तर्गत एस्टन भिल्ला लिड्स युनाईटेडसँग पराजित भएको छ । प्याट्रिक बामफोर्डको ह्याट्रिकमा लिड्सले एस्टन भिल्लामाथि ३-० गोलले पराजित गरेको हो ।

शुक्रबार राती भएको खेलमा लिड्ससे एकपक्षीय नजिता निकाल्ने क्रममा तीनै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो । जितसँगै लिग्स युनाईटेड लिगको अंक तालिकामा १० अंकसहित तेस्रो स्थानमा छ ।

भिल्ला पार्कमा भएको प्रतिस्पर्धामा भिल्ला घरेलु मैदानमा नमिठो हार व्यहोर्यो । ५५ औं मिनेटमा बामफोर्डले पहिलो गोल गरे । पहिलो गोलको अग्रतासँगै हौसिएको लिड्सले दोस्रो गोल भने ११ मिनेटपछि सम्भव बनायो ।

६७ औं मिनेटमा व्यक्तिगत गोल गर्दै ह्याट्रिक गर्ने लक्ष्यमा रहेका उनले अन्तिम गोल ७४ मिनेटमा हिर्काए । आफनो ह्याट्रिक पुरा गर्दै सहज जित निकाले ।