आजराती म्यानचेष्टर युनाईटेड र चेल्सी भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


म्यानचेष्टर युनाईटेड र चेल्सी भिड्दै

एजेन्सी-पिएसजीबाट सँगै खेलेका थियागो सिल्भा र एडिन्सन काभानी आज राती फेरी एक पटक मैदानमा देखिदैं छन् । तर अहिले उनीहरु पिएसजीको जर्सीमा होईन इंग्लिस प्रिमियर लिगमा । दवै फरक जर्सीमा देखिने छन् ।

आज शनिबार राती प्रिमियर लिगकै महत्वपूर्ण खेल म्यानचेष्टर युनाईटेडले चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । काभानीले प्रिमियर लिगको डेब्यु गर्ने सम्भावना छ । सिल्भाले भने चेल्सीको जर्सी लगाईसकेका छन् । दुवैको प्रतिस्पर्धा रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

काभानी पिएसजीबाट यसै सिजन युनाईटेडमा आएका हुन् । चेल्सीले पनि सिल्भालाई भित्रयाएको हो । लिगको तालिकामा चेल्सी ८ अंकसहित नवौंस्थानमा छ । युनाईटेड भने ६ अंकसहित १५ औं स्थानमा छ । दुवैको शुरुवात खेल प्रभावकारी देखिन सकेको छैन् । दुई वर्षको अन्तरालमा यी दुई क्लब बीच विभिन्न खाले प्रतियोगितामा आमने सामने भईसकेका छन् ।

तथ्यांक अनुसार सिजन २०२० कै इंग्लिस एफए कपमा युनाईटेड चेल्सीसँग पराजित भएको थियो । प्रिमियर लिगमै चेल्सी युनाईटेडसँग पराजित भएको थियो । २०१९ को काराबाओ कपको प्रतिस्पर्धामा भने युनाईटेडले चेल्सीमाथि जित दर्ता गरेको तथ्यांक छ । २०१९ कै प्रिमियर लिगमा पनि एक खेल युनाईटेडले जित निकाल्दा अर्को खेलमा भने बराबरीमा टुंगिएको छ ।

खेल पण्डितको अनुमान अनुसार आज रातीको खेलको नजिता युनाईटेडको पक्षमा जाने विश्वास गरिएको छ । जितको सम्भावना युनाईटेडलाई बलियो मानिएको छ । युनाईटेडका लागि मार्कस रासफोर्ड, बु्रनो फर्नाण्डेज, हुवान माटा बढी प्रभावकारी देखिने सम्भावना छ । चेल्सीका लागि बेन चिलवेल, काइ हार्भेट्ज र टिमो वेर्नर प्रभावशाली खेलाडीको रुपमा रहने छन् ।