दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य

- नितिशले ५३ बलमा १३ चौका र १ छक्का सहित ८१ रन हिर्काए ।

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


राहुल त्रिपाठी एनरिच नोर्ट्जेको बलमा बोल्ड हुदैं ।

अबुधावी(एजेन्सी)-कोलकोत्ता नाईट राइर्डसले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङमा उत्रिएको कोलकोत्ता नाईट राईसको ओपनिङ त्यति उत्कृष्ट हुन सकेन् । पहिलो विकेटको रुपमा सुभम गिललाई ९ रनमै गुमाएको थियो । अर्का ओपनर नितिश राना क्रिजमै टिकिरहदाँ दोस्रो विकेटको रुपमा राहुल त्रिपाठीलाई कोलकोत्ताले गुमाउन पुग्यो । १३ रन बनाउने क्रममा १२ बल मात्रै खेलेका त्रिपाठीले एक चौका स्कोरिङ मा रह्यो ।

दिनेश कार्तिकलाई पनि सस्तैमा गुमायो । कासिगो राबडाको बलमा कार्तिक आउट हुदाँ केवल ३ रन मात्रै जोडेका थिए । पहिलो दुई विकेट एनरिच नोर्ट्जेले लिए । कोलकोत्ताको इनिङ्स सम्हल्ने जिम्मेवारी नितिश र सुनिल नारिनेको काँधमा थियो । उनीहरुलाई क्रिजमा टिक्दै महत्वपूर्ण साझेदारी निभाउने प्रयास गरे । शतकीय साझेदारी निभाउँदै कोलकोत्ताको कमजोरस्थितलाई सुदृढ बनाए । उनीहरुले चौथो विकेटको लागि ११३ रनको साझेदारी निभाए ।

शनिबार आईपिएल अन्तर्गतका ४२ औंं खेलमा मध्यक्रममा महत्वपूर्ण साझेदारी निभाउने क्रममा दुवैले अर्धशतकीय पारी खेल्दै उकासेका थिए । दुवैको जोडीलाई कासिगो राबडाले तोडे । सुनिलको महत्वपूर्ण विकेट लिए । सुनिलले ३२ बल खेल्दै ६४ रन बनाई ठोस योगदान दिए । उनको इनिंग्समा छ चौका र चार छक्का सामेल थियो ।

नितिशले ८१ रन बनाए । उनले ५३ बलमा १३ चौका र १ छक्का हिर्काए । उनी अन्तिम ओभरमा मार्कस स्टोनिसको बलमा आउट हुन पुगे । इओईन मोर्गानले पनि १७ रन बनाउने क्रममा ८ बल खेले । दुई चौका र एक छक्काको रन व्याटबाटै निकाले । कोलकोत्ताले ६ विकेटको क्षतिमा १९४ बनाउँदै बलियो लक्ष्य प्रस्तुत गर्यो ।