वेष्टह्याम र सिटी बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


वेष्टह्यामका खेलाडी बाईसाईकल किक हान्दै ।

एजेन्सी-दोस्रो हाफमा बराबरी गोल फर्काउँदै म्यानचेष्टर सिटीले वेष्टह्यामसँग सम्भावित हारबाट जोगिदैं अंक बाँडेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको प्रतिस्पर्धामा पहिलो हाफमा अग्रता लिएको वेष्टह्याम दोस्रो हाफमा बराबरीमा खेल्न पुग्यो । एक गोलले पछि परेको अवस्थालाई बराबरीमा ल्याउन सिटीले झण्डै पौने घण्टा नै कुर्नुपरेको थियो ।

मिकाली एन्टोनियोको १८ औं मिनेटमा गरेको गोलसँगै वेष्टह्यामले अग्रता लिएको थियो । अग्रता पहिलो हाफसम्म कायमै रह्यो । दोस्रो हाफ शुरु भएको केही मिनेटपछि नै सिटीले बराबरी गोल गर्दै हार टार्न सम्भव रह्यो । ५१ औं मिनेटमा फिल फोडेनले गरेको गोलसँगै सिटीले बराबरी गर्यो । तर थप गोल दुवै तर्फबाट हुन नसकेपछि दुवैले अंक बाँडे ।