इएल क्लासिको, रियलसँग बार्सिलोना पराजित

- पेनाल्टी टर्निङ प्वाइन्ट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


पेनाल्टी प्रहार गर्दै रियलका कप्तान सर्जियो रामोस ।

एजेन्सी-भिडियो असिस्टेण्ट रेफ्रीले दोस्रो हाफमा दिएको पेनाल्टीसँगै अग्रता लिएको रियल मड्रिडले इएल क्लासिक भिडन्तमा बार्सिलोनालाई शनिबार बार्सिलोनाकै मैदानमा ३-१ गोलले पराजित गर्दै स्पेनिस ला लिगाको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

च्याम्पियन्स लिग र स्पेनिस लिगमा पराजितसँगै निकै तनाबमा रहेको रियलले क्लासिक भिडन्तमा जितसँगै राहतको महशुस मात्रै होईन अंक तालिकामा शीर्षस्थानमा समेत उक्लिएको छ ।

पहिलो १० मिनेट भित्रै दुवैले एक एक गोलको बराबरीमै खेल प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्यो । रियलको अग्रतालाई बार्सिलोनाले तीन मिनेट भित्रै बराबरी गोल फर्काएपछि पहिलो हाफ बराबरीमै टुंगियो ।

खेलको ५ औं मिनेटमा फेडरिको भल्र्भेडेडेको गोलबाट अग्रता लिएको रियलले त्यसको केही मिनेटमै बराबरी गोल खान पुग्यो । ८ औं मिनेटमा अन्तु फातीले गोल गर्दै बार्सिलोनालाई बराबरीमै ल्याए ।

५४ औं मिनेटमा अन्सु फातीले दिएको क्रस पासलाई फिलिप कान्टिन्होले हानेको हेडिङ फष्टबार नजिकैबाट बाहिरिएपछि स्पष्ट अग्रता लिने अवसर बार्सिलोनाले गुमाउन पुग्यो । खेलको टर्निङप्वाइन्ट नै पेनाल्टी हुन पुग्यो । ६३ औं मिनेटमा पेनाल्टी क्षेत्रमा सर्जियो रामोसको जर्सी तानेर लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

रामोसले रेफ्रीसँग भिएआर हेर्न आग्रह गर्दै खेल सञ्चालन गर्न रोकेपछि रेफ्रीले भिएआर हेर्न पुगेका थिए । भिएआरले पेनाल्टीको स्पष्ट संकेत गरेपछि सर्जियो रामोसले पेनाल्टीलाई सदुपयोग गर्दै स्पष्ट अग्रता दिलाए ।

पेनाल्टी क्षेत्रमा रामोसलाई बार्सिलोनाका स्लिमेन्ट ल्याङगेटले तानेर लडाएपछि पेनाल्टीको अवसर भिएआरको सहयोगमा दिइएको थियो । ल्याङगेटलाई पहेलो कार्ड पाएका थिए । ८६ औं मिनेटमा टोनी क्रसले हानेको बल आउट हुन पुग्यो । पहिलो सट गोलकिपरबाट रिवाउण्ड हुन पुग्यो । दोस्रो प्रहार बिार्सिलोनाका डिफेन्सलाई छुदैं फष्टबार भन्दा केहीपरबाट बाहिरिन पुग्यो । टोनीलाई लुकास भाजक्वेजले पास दिएका थिए ।

६९ आंै मिनेटमा मैदान छिरेका लुका मड्रिचले ९० औं मिनेटमा गोलकिपरलाई विट गर्दै दुई डिफेन्सकै बीचबाट हानेको बल सिधै जालीभित्र छिरेपछि रियलको तीन अंक सुरक्षित भएको थियो । भल्र्भेडेको स्थानमा छिरेको मड्रिचलाई गोलको रोड्रिगोले पास दिएका थिए । खेल सकिन नौ मिनेट बाँकी छदाँ बार्सिलोनाले एकैसाथ चार खेलाडीलाई परिवर्तन गर्दै आक्रमणको रणनीति बुनेको थियो । तर फलदायी भने हुन सकेन् । हारले लियोनेल मेस्सी निकै निराश देखिएका थिए ।