
गोलको खुशी मनाउँदै लिभरपुलका खेलाडीहरु ।
एजेन्सी-ईंग्लिस प्रिमियर लिग अन्तर्गत आज विहान भएको प्रतिस्पर्धामा लिभरपुलले सेभिल्ड युनाईटेडमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ ।
सान्डेर बेर्गको पेनाल्टी गोलबाट अग्रता लिएको सेफिल्डले पहिलो हाफ हुनु भन्दा केही अघि लिभरपुलले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा टुंगिएको थियो ।
लिभरपुलले बराबरीमा आउन झण्डै ३० मिनेट कुर्नुपरेको थियो । खेलको ४१ औं मिनेटमा रोर्बटो फिरमिनोको गोलसँगै लिभरपुलले खेलमा कमब्याक गर्यो । दोस्रो हाफमा भने लिभरपुलले अर्को गोल थप्दै जित निकाल्यो ।
डियागो जोटाले ६४ गोल गर्दै लिभरपुलको जित पक्का बनाउँदै तीन अंक थपियो । एर्भटनसँग समान १३ अंक भएपनि लिभरपुल दोस्रो स्थानमा छ । एभर्टनले भने एक खेल कम खेलेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…