
चेन्नईसँग पराजित भएपछि निराश मुद्रामा विराट कोहली ।
दुबई(एजेन्सी)-चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्ज बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । आईपिएलको आईतबार साँझ भएको प्रतिस्पर्धामा १४६ रनको लक्ष्य पछ्याएको चेन्नईका लागि रुतुराज गाएकवाडले अविजित ६५ रनको योगदान दिएपछि सहज लक्ष्य पछ्याएको थियो ।
ओपनर रुतुराजले ५१ बल खेल्दै चार चौका र तीन छक्का हिर्काउँदै ६५ रन जोडेपछि चेन्नईको जितमा महत्वपूर्ण योगदान रह्यो । फाफ डु प्लेसिसले २५ र अम्बाती रायदु ३९ रन बनाउँदै महत्वपूर्ण योगदान दिन कप्तान महेन्द्र सिंह धोनीले १९ रन बनाए ।
पहिले व्याटिंगमा उत्रिएको रोयल्स च्यालेन्ज बैंग्लोरले ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । कप्तान विराट कोहलीले अर्धशतक पुरा गरे । ४३ बल खेल्दै ५० रन बनाएको कोहली साम कुरुनको बलमा आउट भए ।
ओपनर देवदत्त पड्डीकल र आरोन फिन्चले क्रमश २५ र १५ रन बनाए । एबी डि भिलियर्सले ३९ रन बनाएका थिए । उनी दिपक चाहरको बलमा आउट भएपछि अन्य व्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किए । साम कुरुनले ३ र दिपक चाहरले २ विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…