आर्सनल लिसेष्टरसँग पराजित

- एभर्टनमाथि साउथह्यामटनको सानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित


गोल गर्ने प्रयासमा जिम्मी भार्डी ।

एजेन्सी-झण्डै डेढघण्टापछि गोल निकालेपछि ईंग्लिस प्रिमियर लिगमा लिसेष्टर सिटीले आर्सनललाई १-० ले पराजित गरेको छ । जितसँगै १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

पहिलो हाफ बराबरीमा रोकिएको थियो । दुवैले आक्रमणको रणनीति बुनेपनि गोल निस्कन सकेन् । दोस्रो हाफमा पनि खेल सकिने तर्फ उन्मुख हुदैं जादाँ लिसेष्टरले स्कोरिंग निकाल्यो । जेमी भार्डीले ८० औं मिनेटमा गोल गर्दै आसर्नल माथि महत्वपूर्ण जित दर्ता गर्यो ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्यामटनले शीर्षस्थानको एभरटनलाई पराजित गरेको छ । एभर्टनले दश खेलाडीमा खेल टुग्याउँदा साउथह्यामटनले पहिलो हाफमै दुई गोल गरिसकेको थियो ।

खेलको २७ औं मिनेटमा जेम्स वार्ड प्रोसेले पहिलो गोल गर्दै अग्रता दिलाउँदा ३५ औं मिनेटमा चे एडम्सले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए । एभर्टनले ७२ औं मिनेटमा दश खेलाडीमा सीमित हुन पुग्यो । लुकास डिग्नेले रातो कार्ड पाउँदै दश खेलाडीमा सीमित भएको थियो ।