
बराबरी गोल गर्ने प्रयास गर्दै युभेन्ट्सका खेलाडी डिजेन कुलुसेभिस्की ।
एजेन्सी-एक गोलले पछि रहेको अवस्थामा पुनरागमन गर्दै बराबरी गोल गरेपछि युभेन्ट्सर हेलास भेरोनासँग १-१ को बराबरी खेलेको छ ।
दुवैले गोल भने दोस्रो हाफमै सम्भव बनाए ।
भेरोनाले ६० औं मिनेटमा गरेको गोलसँगै लिएको अग्रतालाई युभेन्ट्सले भने झण्डै १७ मिनेटपछि बराबरी गोल फर्काएको थियो । आन्द्रेय फाभिलीले ६० औं मिनेटमा गोल गर्दै भरोनालाई अग्रता दिलाएका थिए ।
निकै प्रतिस्पर्धात्मक रुपमा अघि बढेको खेलमा युभेन्ट्सले पनि ७७ औं मिनेटमा गोल गर्दै बराबरी गर्यो । डिजेन कुलुसेभिस्कीले बराबरी गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…