
गोलगरेपछि सन ।
एजेन्सी-साउथह्यामटनसँग अंक बाँडेको टोटनह्याम हटस्परले बर्नलीमाथि कठिन जित निकाल्दै तीन अंक जोडेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार विहान भएको प्रतिस्पर्धामा बर्नलीमाथि टोटनह्यामले १-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामले जितको लागि निर्णायक गोल गर्न एक घण्टा नै कुर्नुपर्यो । पहिलो हाफ बराबरीमा रहेको टोटनह्यामको लागि ह्युङ मिन सनको निर्णायक गोल रह्यो । सनले ७६ औं मिनेटमा गोल गर्दै जित पक्का बनाएका थिए ।
ह्यारी केनको पासलाई सदुपयोग गर्दै सनले हेडिङ गोल गरेका थिए । सन र ह्यारीको प्रिमियर लिगमा उत्कृष्ट जोडीको रुपमा रहेका छन् । उनीहरु दुवैको कम्बिनेसन निकै मिलेको छ ।
एकले अर्कोलाई एसिष्ट गर्दै गोलको अवसर सृजना र प्रदान गर्दै आएका छन् । भर्खरै रियल मड्रिडबाट भित्रिएका गारेथ बेलले गोल गर्न नसक्दा आलोचना हुन शुरु भईसकेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…