
तनहुँको निर्मल माविमा बनाईएको बास्केटबल कोर्ट ।
पोखरा-राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त आर्थिक सहयोगबाट तनहुँको दमौलस्थित निर्मल माविमा दुईवटा बास्केटबल कोर्ट निर्माण गरिएको छ । विद्यालयको प्रागंणभित्र बनाईएको दुई वटा कोर्ट निर्माणले बास्केटबल खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास छ ।
परिषदले उपलब्ध गराएको ४० लाख रुपैयाँबाट कोर्ट निर्माण गरिएको हो । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाईएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्राविधिक ई. प्रनिस ताम्राकारले बताए । उनका अनुसार एकै ठाँउमा दुई वटा कोर्ट गण्डकी प्रदेशका अन्य जिल्लामा भने छैन् ।
निर्माणपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक एवं कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख प्रकाश बराल लगायतको टोलीले अनुगमन तथा निरीक्षण गरेर फर्किएको थियो । ‘एउटै ठाँउमा दुई वटा कोर्ट तयार भएको छ । महिला तथा पुरुष राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिन्छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका कार्यालय प्रमुख योगीले बताए ।
उनका अनुसार गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गर्न सकिने छ । उनले बास्केटबलका दुवै इभेण्ट तनहुँमा आयोजना गर्न सहज हुने प्रष्ट्याए । परिषदले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…