
गोलको खुशी मनाउँदै सिटीका खेलाडीहरु ।
एजेन्सी-युईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस प्रिमयिर लिग क्लब म्यानचेष्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै दोस्रो चरण प्रवेशको लागि केही सहज बनाएका छन् ।
सिटीले मार्सेलीलाई ३-० गोलले पराजित गर्दा लिभरपुलले भने एफसी मिडट्जील्याण्डलाई २-० गोलले पराजित गर्दै जित दर्ता गरेका हुन् ।
पहिलो हाफमा एक गोल गोलको सिटीले दोस्रो हाफमा अझ सुधारिएको खेल पस्किदैं थप दुई गोल गर्दै फराकिलो जित सम्भव बनाएको हो । १८ औं मिनेटमा फेरान टोरेसको गोलसँगै अग्रता लिएको सिटीले पहिलो हाफ एक गोलकै अग्रतामा रहेर दोस्रो हाफ शुरु गरेको थियो ।
दोस्रो गोल सिटीले ७६ औं मिनेटमा गर्यो । इके गुन्डोगानले गोल गर्दै अग्रता दोब्बर बनाए । खेल सकिन ९ मिनेट बाँकी रहेको अवस्था रहिम स्र्टालिङले गोल गर्दै अग्रता बढाउँदै जित सुनिश्चित बनाए ।
उता लिभरपुलले पनि एफसी मिडट्जील्याण्डलाई पराजित गर्न दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो । खेलको ५६ औं मिनेटमा डियागो जोटाले गोल गर्दै अग्रता दिलाउँदा इन्जुरी समयमा मोहम्मस द सलाहले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जित निकालेको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…