
लिभरपुलका लागि गोल गरेपछि खुशीको एक्सनमा जोटा ।
-एजेन्सी-डियागो जोटा र मोहम्मद सलाहले युरोपियन च्याम्पियन्स लिगमा हिर्काएको गोलसँगै लिभरपुलले १० हजार गोलको आँकडा पुरा गरेको छ । क्लबकै इतिहासमा सबैखाले प्रतियोगितामा लिभरपुलले १०,००१ गोल गरेको हो ।
लिभरपुलको १२८ वर्षको इतिहासमा यहाँसम्म आईपुग्दा ऐतिहासिक कोशेढुंगा पुरा गरेको हो । सन १८९२ मा ल्यान्काशेर लिग खेलमा ज्याक स्मिथलेपहिलो गोल गरेको इतिहास छ ।
जोटाले ५५ औं मिनेटमा गरेको गोलसँगै लिभरपुलले १० हजार गोल संख्या पुर्याएको हो । यो लिभरपुलको लागि ऐतिहासिक क्षण समेत थियो । लिभरपुलले पनि एफसी मिडट्जील्याण्डलाई पराजित गर्न दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…