
कोलम्यान दुई वर्ष प्रतिबन्ध
एजेन्सी-आगामी वर्ष जापानमा हुने ओलम्पिकमा एकसय मिटरको विश्व च्याम्पियन धावक क्रिष्टियन कोलम्यान उपस्थिति हुने छैनन् । उनीमाथि दुई वर्षको प्रतिबन्ध लगाइएको छ । एथलेटिक्सको नियम उल्लंघन गरेको आरोपमा कोलम्यान प्रतिबन्धित भएपछि आगामी वर्ष जापानको टोकियोमा हुने ओलम्पिकमा देखा पर्ने छैनन् ।
एथलेटिक इन्ट्रिग्रिटी युनिट(एआईयु)ले उनीमाथि नियम उल्लंघनको आरोप लगाउँदै दुईवर्षको प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ । गतवर्ष उनीमाथि तीन लागु औषध प्रयोगको परीक्षण गरिएको थियो । जसका कारण एआईयुले गत जुनमा प्रतिबन्ध गरेको थियो । एआइयुको विज्ञप्तिमा भनिएको छ( हामी एथलेटलाई दुई वर्ष अयोग्यताको घोषणा गर्दछौं । जुन मे १३ तारिख २०२२ सम्म लागु हुने छ ।
प्रतिबन्धको निर्णयलाई कोलम्यानले अपिल गर्न सक्ने जनाइएको छ । उनी विरुद्धको घटनालाई एन्टी डोपिङ एजेन्सी(वाडा)ले तीन महिना छुटेको कसरी १२ महिनाको हिसाब किताब कसरी सम्भव हुन्छ भन्ने सोधखोज गरेपछि गतवर्ष अमेरिकाको एन्टी डोपिङ एजेन्सीले उनीमाथिको प्रतिबन्ध खुकुलो गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…