
बल अगाडि बढाउँदै मेस्सी ।
एजेन्सी-क्रिष्टियानो रोनाल्डो विनाको युभेन्ट्सले युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनासँगको भेट नमिठो पराजय व्यहोरेको छ । गएराती भएको प्रतिस्पर्धामा १० खेलाडीमा टुग्याएको युभेन्ट्स बार्सिलोनासँग २-० गोलले पराजित हुन पुग्यो ।
ओसमाने डेम्बेलेले बार्सिलोनाको लागि पहिलो गोल गरे । सधैं आलोचनाको घेरोभित्र रहने डेम्बेलेको गोलसँगै लिएको अग्रताले पहिलो हाफसम्म निरन्तरता पाएको थियो । डेम्बेलेले १४ औं मिनेटमा गोल गरेका थिए । लिओनेल मेस्सीको पासलाई सदुपयोग गर्दै पहिलो गोलको खाता खोल्दा बार्सिलोनाले केही दिन अघि मात्रै इएल क्लासिकोमा रियल मड्रिडसँगको हारको पीडालाई भने कम गरेको छ ।
गत अक्टोबर १३ मा क्रिष्टियानो रोनाल्डो नेसन्स लिगको क्रममा पोर्चुगलको लिस्बानमै रहदाँ कोरोना संक्रमित भएका थिए । एक हप्ता अघि मात्रै गरिएको परीक्षणमा समेत पोजेटिभ देखिएपछि मेस्सीसँगको गएराती हुने भेट कमजोर हुन पुगेको थियो । यद्यपी २४ घण्टाअघि मात्रै रिपोर्ट नेगेटिभ आएको अवस्थामा रोनाल्डोले खेल्ने अवसर पाउने थिए ।
मेस्सीले युभेन्ट् विरुद्ध इन्जरी समयमा पेनाल्टी मार्फत गोल गर्दै २-० गोलको नजितासँगै टुग्याए । अन्सु फाटीलाई पेनाल्टी क्षेत्रभित्र फेड्रिको बेर्नाडेस्चीले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोल गर्दै जित सुनिश्चित बनाएका थिए । खेलको ८५ औं मिनेटमा मेरिह डेमिरलले रातो कार्ड खाँदै बाहिरिएपछि युभेन्ट्स अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…