
गोल गर्दै मार्कस रासफोर्ड ।
एजेन्सी-मार्कस रासफोर्डको ह्याट्रिक प्रेरित म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिगमा आ.बी लेईपजिगलाई फराकिलो गोल अन्तरले पराजित गर्दा अर्को ईंग्लिस क्लब चेल्सीले पनि सानदार जित दर्ता गरेको छ ।
च्याम्पियन्स लिग सिजनको पहिलो ह्याट्रिक रासफोर्डको नाममा लेखियो । उनै प्रेरित युनाईटेडले लेइपजिगमाथि ५-० गोलको फराकिलो जित दर्ता गर्यो । गएराती भएको प्रतिस्पर्धामा मासन ग्रिन उडले २१ औं मिनेटामा गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी चार गोल भने युनाईटेडले दोस्रो हाफमा सम्भब बनाएको थियो ।
रासफोर्डले ७४ र ७८ औं मिनेटमा लगातार दुई गोल गर्दै ह्याट्रिक गर्ने तर्फ अग्रसर देखिए । खेलको ८७ औं मिनेटमा एन्थोनी मार्सलले पेनाल्टी मार्फत गोल गर्दै अन्तरलाई फराकिलो बनाउँदै लगे । रासफोर्डले इन्जुरी समयमा गोल गर्दै आफनो ह्याट्रिक पुरा गरे ।
उता चेल्सीले पनि क्रस्नोदारलाई ४-० गोल अन्तरले पराजित गरेको छ । ३७ औं मिनेटमा कलुम हडसन ओडोईले पहिलो गोल गरे । दोस्रो गोल पेनाल्टीमा टिमो र्वानरले गरे । उनले ७६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई दोब्बर अग्रतामा पुर्याए । हाकिम जियाचले ७९ औं मिनेटमा गोल थपेपछि चेल्सीले फराकिलो जित तर्फ उन्मुख हुन पुग्यो । ९० मिनेटमा क्रिष्टियन पुलिसिचले गोल नै चेल्सीका लागि अन्तिम गोल हुन पुग्यो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…