
घाईते भएपछि नेयमार ।
एजेन्सी-नेयमारलाई २६ मिनेटमै गुमाएको पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिगमा इन्तानबुल बासाकशेहिरलाई २-० गोलले पराजित गरेको छ । किलियन एमबाप्पेको दुई महत्वपूर्ण पासमा मोइसे किनले दुवै गोल गर्दै जित निकाल्दै नेयमारको पीडालाई कम गर्यो ।
२६ औैं मिनेटमा नेयमार ग्रोईनको समस्याले मैदान छाड्न बाध्य भए । पहिलो हाफ गोलरहित टुंगिदाँ दोस्रो हाफमा मात्रै पिएसजीले गोलको अवसर सृजना गर्दै सदुपयोग गर्यो । किनले ६४ र ७९ औं मिनेटमा गरेको गोलसँगै दोस्रो चरणको यात्रालाई सहज बनाउने प्रयास गर्यो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…