लिसेष्टर र आर्सनलको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित


गोल गरेपछि खुशीमा रमाउँदै आर्सनलका खेलाडीहरु ।

एजेन्सी-युईएफ युरोपा लिगा अन्तर्गत गएरातीको प्रतिस्पर्धामा लिसेष्टर सिटीले एईक एथेन्सलाई २-१ गोलले पराजित गर्दा आर्सनलले पनि डुनडाल्कलाई ३-० गोलले पराजित गरेको छ ।

लिसेष्टरका लागि पहिलो गोल जिम्मी भार्डीले पेनाल्टी मार्फत गरे । उनले १८ औं मिनेटमा पाएको पेनाल्टीसगँै दिलाएको अग्रता पहिलो हाफ टुंगिनु अघि दोब्बर हुन पुग्यो । ३९ औं मिनेटमा हम्जा चौधरेले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

एथेन्सले पनि ४८ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने तर्फ संकेत गर्यो । तर थप गोल गर्न नसक्दा हारबाट जोगिन भने सकेन् । ४८ औं मिनेटमा मुआमेर तानकोभिचले गोल गर्दै प्रतिस्पर्धात्मक बनाउन अग्रसर रहेका थिए ।

आर्सनलले चारमिनेटभित्रका तीन गोल गरेपछि डुनडाल्कलाई सजिलै पराजित गरेको थियो । ४२ औं मिनेटमा अग्रता लिएको आर्सनलले अन्तिम गोल भने ४६ औं मिनेटमा गरेको थियो ।

आर्सनलका लागि पहिलो गोल भने एडवार्ड एनकेतिहले गरे । दोस्रो गोल ४४ औं मिनेटमा जेम्स विल्लकले गरेका थिए । भने अन्तिम गोल निकोलस पेपेले हिर्काए ।