१९ दिनपछि क्रिष्टियानो रोनाल्डो कोरोना मुक्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित


रोनाल्डो कोरोना मुक्त

एजेन्सी-युईएफए च्याम्पियन्स लिगको निकै प्रतिक्षारत खेल युभेन्ट्स र बार्सिलोनाको खेल सकिएको छ । युभेन्ट्स आफनै मैदानमा बार्सिलोनासँग २-० गोलले पराजित भएको थियो । खेल सकिएको दुईदिनपछिमात्रै क्रिष्टियानो रोनाल्डोको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको छ ।

बार्सिलोनासँगको खेलको २४ घण्टा अघि मात्रै टेष्ट नेगेटिभ आएको अवस्थानमा रोनाल्डोलाई खेल्ने दिने सहमति भएको थियो । उनी पूर्ण फिट भएपनि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि मेस्सी विरुद्ध खेल्न पाएनन् ।

खेल्न नपाएको झोंकमा रोनाल्डोले इन्ट्राग्राममा आक्रोष समेत पोखेका थिए । आक्रोश पोखेको तेस्रो दिनमै पुन परीक्षण गरिदाँ नेगेटिभ आएको हो । रोनाल्डो १९ दिनपछि कोरोना मुक्त भएका हुन् ।

उनको अनुपस्थितिमा युभेन्ट्सले खेलेको चार खेलमा केवल एक खेल मात्रै जितेको थियो । क्लबको विज्ञप्ति अनुसार रोनाल्डोको स्वाब संकलन गरेपछि गरिएको परीक्षणको रिपोर्ट १९ दिनपछि नेगेटिभ आएको छ ।

उनी अब होम आईशोलेसनबाट मुक्त भएका छन् । लामो समय बस्न पर्ने छैन् । रोनाल्डो गत अक्टोबर १३ तारिखमा पोर्चुगलको राष्ट्रिय टोलीसँगको नेसन्स लिगको लागि प्रशिक्षणको क्रममा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।