
गोल गोलगरेपछि सिटीका खेलाडीहरु खुशी साट्दै ।
एजेन्सी-कायली वाकरको निर्णायक गोलमा ईंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले सेफिल्ड युनाईडलाई शनिबार राती १- ० गोलले पराजित गरेको छ ।
सिटीका भरपर्दा मिडफिल्ड केभिन डी ब्रुनेको पासमा वाकरले निर्णायक गोल गरेका हुन् । उनले खेलको २८ औं मिनेटमा दायाँ खुट्टाले हानेको बल पोष्टभित्र छिरेपछि सिटीले अग्रता लिएको थियो ।
३९ औं मिनेटमा सेफिल्डका रियान बे्रष्टरले हानेको हेडिङ खेर गएको थियो । उनलाई सान्डर बर्गेले मिलाईदिएको पासलाई सदुपयोग गर्न सकेनन् ।
४९ औं मिनेटमा सिटीले अग्रता दोब्बर बनाउने अवसर गुमायो । बु्रनेको पासमा रहिस स्टार्लिङले हानेको बल डिफेन्सले रोकेका थिए । ५८ औं मिनेटमा रियाद महारेजको प्रहारलाई सेफिल्डका गोलकिपरले बचाउ गरेका थिए ।
जोहान लुण्ड्स्ट्रामले मिलाईदिएको पासलाई रियान बे्रष्टरको प्रहार पनि ७१ औं मिनेटमा खेर गएपछि सेफिल्डले बराबरी गर्ने अवसर गुमाउन पुग्यो । ८४ औं मिनेटमा बर्नर्डो सिल्भाको हानेका सिधा बल गोलकिपरकै हातमा पुगेपछि सिटीको थप अग्रता लिनबाट चुक्यो । महारेजले पास मिलाईदिएका थिए । सेफिल्डले टोटनह्यामसँग खेलमा ३(३ गोलको बराबरी खेलेको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…