रियल मड्रिडको जितमा बेन्जेमाको दुई गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित


हुवेस्का विरुद्ध गोल गरेपछि रियलका खेलाडीहरु ।

एजेन्सी-रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुएस्कामाथि सहज जित निकाल्ने क्रममा ४-१ गोलले पराजित गरेको छ । पहिलो हाफ हुनु अघि दुई गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल गर्दा अर्को गोल सामना गर्न पुग्यो ।

रियलको लागि लामो समयपछि टोलीमा फर्किएका इडेन हाजार्डले पहिलो गोल गरे । ४० औं मिनेटमा डिबक्स लाईन नजिकैबाट हानेको लेफ्ट फुटेट सट कर्भ हुदैं फष्टबार च्याप्दै जाली चुम्न पुगेपछि रियलले स्पष्ट अग्रता लिएको थियो ।

हाजार्डलाई फेडरिको भल्भेर्डेले सट पास दिएका थिए । दोस्रो गोल खेलको हाफ हुनु अघि मात्रै सम्भब भएको थियो । लुकास भाजक्वेजले दिएको पासलाई सिक्स यार्ड बक्स भित्र आरामले रोक्दै हानेको लेप्ट सट हुएस्काको गोलकिपरको हातमा छुदैं पोष्टभित्र छिरेपछि रियलले दुई गोलको अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा राफ मिरको मिलाईदिएको पासमा ३५ यार्ड टाढाबाट पेड्रो मस्क्वेराको प्रहार खेर गएको थियो । ५४ औं मिनेटमा भल्भेर्डेले गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।

भल्भेर्डेलाई करिम बेन्जेमाले पास उपलब्ध गराएका थिए । ६३ औं मिनेटमा करिम बेन्जेमाले अवसरलाई गुमाए । उनलाई भिनियस जुनियरले पास दिएका थिए । ७४ औं मिनेटमा राफा मिरकै क्रस पासमा डेविड फेरेरियोको सिक्स यार्ड बक्सबाट कुनै गल्ती नगरी गोल गरेका थिए ।

तर ९० औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे । मार्सेलो दिएको क्रस पासमा रोड्रिगोले दिएको सट हेडिङ पासमा बेन्जेममा हेडिङ गोल गरेका थिए । त्यसभन्दा अघि इस्कोले बेन्जेमा दिएको हेडिङ पासलाई अवसरको रुपमा उपयोग गर्न सकेनन् ।

इन्जुरी समयमा रियलका भिनियस जुनियरले मिलाईदिएको पासलाई रोड्रिोगोल समेत गुमाउन पुग्दा अझ फराकिलो गोल अन्तरबाट रियल टाढा रह्यो ।