
एजेन्सी, असोज १५ । भ्रमणकारी टोली एट्लान्टाले इटालियन सिरि ‘ए’ अन्तर्गत गए राति भएको खेलमा लाजियोलाई उसैको मैदानमा ४–१ फराकिलो जित निकालेको छ ।

पहिलो हाफमा तीन गोल गरेर अग्रता लिएको पाहुना टोली एट्लान्टाले दोस्रो हाफमा १ गोल थप्दा एक गोल खान पुगेको थियो । लिगको आफ्नो पहिलो खेलमा जित निकाल्दै नयाँ सिजनको सुरुआत गरेको लाजियोले गएराति भने नतिजा सुम्पिन बाध्य भयो । उता जित निकालेको लाजियोले लगातार जित निकालेको छ ।

सिरि ए लिग अन्तर्गत इन्टरमिलानले बुधबार राति इन्टर मिलानले बेनेवेन्तोलाई ५–२को फराकिाले अन्तरले पराजित ग¥यो । मिलानका लागि रामेलु लुकाकुले खेलको पहिलो र २८ औँ मिनेटमा गोल गरे । यस्तै गाल्गिएर्डिनीले २५ औँ, हाकिमीले ४२ औँ तथा मार्तिनेजले ७१ औँ मिनेटमा गोल गरेका हुन । बेनेवेन्तोका लागि काप्रारीले ३४ र ७६ औँ मिनेटमा गोल गरेका हुन् ।

एन्तोनिओ कोन्तेको टिम इन्टर मिलानले सिजनको पहिलो खेलमा फिओरेन्टिनालाई ४–३ ले पराजित गरेको थियो । लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा एट्लान्टाले लाजिओलाई ४–१ तथा स्पेजियाले युडिनेसलाई २–० ले पराजित गरेका छन ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…