च्याम्पियन्स लिग ड्र सार्वजनिक: विजेता वार्यन र उपविजेता पिएसजी एकै समूहमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


champion league group stage draw

एजेन्सी . च्याम्पियन्स लिगको लागि क्लबको समूहगत(ग्रुप स्टेड) सार्वजनिक गरिएको छ । चारवटा विभाजित ३२ क्लब च्याम्पियन्स लिगको सूचीमा छन् ।

पहिलो समूहमा वार्यन म्युनिख, सेभिल्ला, रियल मड्रिड, युभेण्ट्स, लिभरपुल, पेरिस सेन्ट जर्मेन(पिएसजी),जेनिथ सेन्ट पिटर्सबर्ग र पोर्टो छन् ।

दोस्रो समूहमा बार्सिलोना, एथलेटिको मड्रिड, म्यानचेष्टर युनाईटेड, म्यानचेष्टर सिटी, बोरुसिया डर्टमण्ड, सख्तर डोनाष्ट्क, चेल्सी र अजाक्स छन् ।

तेस्रो समूहमा डिनामो कियभ, साल्जबर्ग, आरबी लेपजिक, इन्टर मिलान, ओलम्पिकास, लाजियो, क्रासनोडर र एटलान्टा छन् ।

चौथो समूहमा भने लोकोमोटिभ मस्को, मार्सेली, क्लब ब्रग, बोरुसिया, मोन्चेग्ंलाडबच, इस्तानाबुल बसाकसेहिर, मिड्तील्याण्ड, स्टेड रेनस तथा फेरेन्काभोरस रहेका छन् ।

पूर्व च्याम्पियन एवं इंग्लिस प्रिमियर लिग विजेता लिभरपुल सहित इग्ंिलस क्लब एकै समूहमा छन् । समूहगत विभाजनसँगै शीर्ष दुई टोली क्वार्टरफाईनलको लागि प्रवेश गर्ने छन् ।

सिधै नकाउट चरणमा प्रवेश गर्ने छन् । समूहगत प्रतिस्पर्धा भने अक्टोबर २० देखि शुरु हुने छ । समूहतग प्रतिस्पर्धा छ हप्ता चल्ने छ । डिसेम्बर ९ तारिखसम्म समूहगत खेल हुने छ । मे २९ मा टर्कीको इस्तानाबुलको अटाटर्क स्टेडियममा फाईनल खेल हुने छ ।