
वार्यन म्युनिखका खेलाडी जर्मन सुपर कपको उपाधि उचाल्दै ।
एजेन्सी-च्याम्पियन्स लिग विजेता वार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि उचालेको छ । गएराती भएको फाईनलमा बोरुसिया डर्टमण्डलाई ३-२ गोलले पराजित गर्दै म्युनिखले उपाधि उचालेको हो ।
खेलको १८ औं मिनेटमा कोरिन्टन टोलिसोले वार्यनका लागि पहिलो गोल गरे । पहिलो गोलसँगै हौसिएको वार्यनले दोस्रो गोल भने पहिलो हाफमै सम्भव बनायो । थोमस मुलरले ३२ औं मिनेटमा गर्दै दोब्बार बनायो ।
पहिलो हाफ हुनु भन्दा ६ मिनेट अघि मात्रै डर्टमण्डले गोल फर्कायो । ३९ औं मिनेटमा जुलियर बर्नाटले गोल गरेपछि डर्टमण्ड खेलमा फर्किने संकेत देखायो । यदपी पहिलो हाफ भने २-१ को स्थितिमा रह्यो ।
दोस्रो हाफ प्रतिस्पर्धात्मक रह्यो । इर्लिङ हालाण्डले ५५ औं मिनेटमा गोल गर्दै बराबरीसँगै डर्टमुण्ड खेलमा फर्कियो ।
तर अन्तिम समयमा सम्हालिन नसक्दा वार्यनले अर्को गोल थप्दै उपाधि पक्का बनायो । ८२ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै वार्यनलाई उपाधि दिलाए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…