
Liverpool vs Arsenal
एजेन्सी-दुईदिन अघि मात्रै इग्ंिलस प्रिमियर लिगमा लिभरपुलसँग ३-१ गोलले पराजित भएको आर्सनलले आजराती मध्यरातमा काराबाओ कप अन्तर्गत चौथो चरणको खेलमा फेरी एक पटक आमने सामने हुदैं छन् ।
गत वर्षको सिजनको लिगमा समेत आर्सनल लिभरपुलसँग उस्तै नजितामा पराजित भएको थियो । गत सिजनको काराबाओ कपमा पनि लिभरपुलसँग आर्सनल पेनाल्टी सुटआउटमा पराजित भएको थियो । ५-५ गोलसँगै टुंगिएपछि पेनाल्टी सुटआउटमा ५-४ को स्थितिमा गुमाउन पुगेको थियो ।
गत अगष्ट २९ मा भएको कम्युनिटी शिल्डमा भने आर्सनलले लिभरपुलसँग १-१ को बराबरी खेलेको थियो । प्रिमियर लिग २०२० कै जुलाईमा भने आर्सनलले लिभरपुललाई २-१ गोलले पराजित गरेको थियो ।
सादियो माने, रोर्बटो फिरमिनो, मोहम्मद सलाह, जोटा लगायतका खेलाडीको उत्कृष्ट प्रदर्शनमा रहेको लिभरपुल दुईदिन अघि मात्रै आर्सनलमाथि जित निकालेपछि उस्तै नजिता आत्मसात गर्ने विश्वासमा छ । आर्सनलले पनि दुई दिन अघिको हारको पीडा भुल्ने तयारी गर्दै मैदानमा उत्रिने छ । लाजाकाट्टे, अबुमायांग लगायतका खेलाडीले आर्सनलको लागि स्कोरिंग निकाल्ने तर्फ ध्यान दिने छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…