दिल्लीका कप्तान श्रेयसलाई १२ लाख जरिवाना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


दिल्लीका कप्तान श्रेयस

काठमाडौं-भारतको प्रिमियर लिग(आईपिएल)फ्रेन्चाईच टिम दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाई १२ लाख भारु जरिवाना गरिएको छ । हिजो राती भएको सनराइजर्स हैदराबादसँगको खेलमा ढिलो बलिङ(‘स्लो ओभर’ बलिङ) गराएको आरोपमा उनलाई जरिवाना गरिएको हो ।

टस जितेर हैदराबादविरुद्ध फिल्डिङमा उत्रिएको दिल्लीले ढिलो गरी बलिङ गरेको भन्दै आइपीएलको नियमअनुसार कप्तान श्रेयसलाई जरिवाना गरिएको हो ।आइपिएलको आचारसंहिता विपरीत ढिलो बलिङ गराएको अभियोगमा कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना गरिएको हो।

अबुधावीमा भएको खेलमा हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाएपछि दिल्लीले १६३ रनको लक्ष्य पाएको थियो। तर, जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो।

दिल्लीले यसअघि आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो।