पिटर हज एसि मिलानमा अनुबन्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


peter

एजेन्सी । सिरी ‘ए’ क्लब एसि मिलानले नर्वेका फरवार्ड जिन्स पिटर हजलाई पाँच वर्षको सम्झौता गरेर क्लबमा अनुबध गरेको छ ।

युरोपा लिगको छनोट खेल अन्तर्गत तेस्रो चरणको खेलमा मिलानविरुद्ध एफके बोडो ग्लिम्ट्सबाट गोल गरेका २० वर्षका पिटरलाई अनुबन्ध गरेको हो ।

‘पिटर हजजस्तो खेलाडीलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा क्लब निकै खुसी छ,’ क्लबले विज्ञप्तीबाट भनेको छ, ‘पिटर हजको सम्झौता २०२५ जुन ३० सम्म रहनेछ ।’

मिलान अनुबन्ध हुन लागेको पिटर हजलाई क्लबले ५.८ मिलियन अमेरिकी डलरमा सम्झौता गरेको हो । सात पटकको च्याम्पियन्स लिग विजेता मिलानले यस अघि स्विडेनका जाल्टान इब्राहिमोबीचलाई एक वर्षका लागि सम्झौता गरिसेको छ ।