
sergino dest
एजेन्सी-बार्सिलोनाले अजाक्सका अमेरिकन खेलाडी सर्जिनो डेष्टलाई चारवर्षको लागि सम्झौता गरेको छ । समर ट्रान्सफर सकिनै लाग्दा बार्सिलोनाले अजाक्सबाट १९ वर्षिय राईट व्याक डेष्टलाई भित्रयाएको हो ।
बार्सिलोनाले उनलाई २५ मिलियन युरोमा पाँच वर्षे सम्झौता गरेको हो । खास गरी अजाक्सले २१ मिलियन युरो फि र ५ मिलियन युरो अन्यबाट प्राप्त गरेको उल्लेख छ ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोयम्यानले आफनो इच्छा अनुसार महत्वपूर्ण खेलाडी भित्रयाएको स्वीकार गरेका छन् । उनी उदयमान डिफेन्ण्डरको रुपमा उदाएका छन् । केही दिन अघि मात्रै नेल्सन नेमेदो उल्भसमा आवद्ध भएपछि बार्सिलोना डिफेण्डरको खोजीमा थियो ।
डेष्टले पहिलो व्यवसायिक सम्झौता भने अजाक्सँग डिसेम्बर २०१८ मा गरेका थिए भने डेब्यु भने अगष्ट २०१९ मा गरेका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…