च्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोना एउटै समूहमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


champion league

एजेन्सी- च्याम्पियन्स लिगको सार्वजनिक गरिएको तालिका अनुसार क्रिष्टियानो रोनाल्डोको युभेण्ट्स र लियोनेल मेस्सीको बार्सिलोना एकै समूहमा परेका छन् ।

दुवै खेलाडीको समर्थकले च्याम्पियन्स लिगकै समूह चरणकै खेलमा भिडन्त देख्न पाउने छन् । एल क्लासिकोमा भिड्दै आएको अवस्थामा च्याम्पियन्स लिगमा समूह चरणकै खेलमा आमने सामने हुने छन् ।

समूह एमा साविक विजेता वार्यन म्युनिख, एथलेटिको मड्रिड, साल्जबर्ग र लोकोमोटिभ मोस्काभा रहेका छन् । समूह बीमा रियल मड्रिड, सख्तर डोनास्क, इन्टरमिलान र मान्चेनग्लाडबेच छन् । समूह सीमा पोर्टो, ओलम्पिकस, म्यानचेष्टर सिटी र मार्सेली रहेका छन् ।

समूह डीमा लिभरपुल, अजाक्स, एटलान्टा र माइथ्ल्याण्ड छन् । समूह ई मा सेभिल्ला, चेल्सी, क्रास्नोदार र रेनिस छन् । समूह एफमा जेनिथ, डर्टमुण्ड, लाजियो र क्लब बु्रगे छन् । समूह जीमा युभेण्ट्स, बार्सिलोना, डाईनामो किभ र फेरेन्चभारोस छन् । त्यसैगरी गरी समूह एचमा पिएसजी, लेईजिग,म्यानचेष्टर युनाईटेड र इस्तानाबुल बसाकसेहिर छन् ।

गत सिजनको युरोपा लिगामा भने इन्टर मिलानले सख्तरलाई ५-० ले पराजित गरेको थियो । सन १९६४ मा इन्टरमिलानले रियल मड्रिडलाई ३-१ गोलले पराजित गर्दै युरोपा लिगकप जितेको इतिहास छ । इस्तानाबुलले च्याम्पियन्स लिगमा भने पिएसजी, लेईपजिग र म्यानचेष्टर युनाईटेड खेलेको छैन् । इस्तानाबुलको लागि ती सबै क्लब नयाँ हुने छन् । रेनिसले पनि च्याम्पियन्स लिगमा सेभिल्ला, चेल्सी र क्रस्नोदरसँग कहिल्यै पनि भेट गरेको छैन् ।